मंगलवार, आश्विन २०,२०८३ 07:41:09
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:41:09
Bizshala
Global IME Bank Limited

संसद्को गरिमा कायम गर्न सरकार असफल भएको कांग्रेसको भनाइ

Bizshala
संसद्को गरिमा कायम गर्न सरकार असफल भएको कांग्रेसको भनाइ
New Office

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको व्यवहारका कारण संसद् तथा संसदीय समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाएका छन्।  

उनले विशेषगरी राज्य व्यवस्था तथा सुशासन समितिको कार्य प्रभावित भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै नेता आङदेम्बेले प्रधानमन्त्री शाहको संसद्प्रति देखिएको व्यवहार र अनुपस्थितिलाई लिएर प्रश्न उठाए। 

उनले संसद्को गरिमा जोगाउने जिम्मेवारी सरकार र सभामुख दुवैको भएपनि त्यसमा कमजोरी देखिएको टिप्पणी गरे।

उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह सभामा उपस्थित नभई बाहिरिएको घटनाप्रति समेत असन्तुष्टि जनाए।

“सदनलाई व्यवस्थित र गरिमामय बनाउने जिम्मेवारी सबैको हो, तर त्यसमा चुकिएको देखिन्छ,” आङदेम्बेले भने।

त्यसैगरी, उनले राज्य व्यवस्था तथा सुशासन समितिको नियमित बैठक बस्न नसकेको विषय उठाउँदै प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्रीको अनुपस्थितिलाई लिएर आपत्ति जनाए। 

उनका अनुसार गृह मन्त्रालयको नेतृत्वसमेत सम्हालिरहेका प्रधानमन्त्री समितिको बैठकमा उपस्थित हुनुपर्ने अनिवार्य जिम्मेवारी भएपनि त्यो पूरा नभएको छ।

“गृह मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण विषयहरू समितिमा छलफल हुनुपर्छ, तर जिम्मेवार मन्त्री नै अनुपस्थित हुँदा निर्णय प्रक्रिया अघि बढ्न सकेको छैन,” उनले भने।

आङदेम्बेले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सुरक्षा र प्रशासनिक विषयमा समेत गृहमन्त्रीले समितिमा स्पष्ट जवाफ दिनुपर्ने बताए।

तर, प्रधानमन्त्री शाहको अनुपस्थितिका कारण समिति प्रभावहीन बन्दै गएको उनको आरोप थियो।

उनलेराज्य व्यवस्था तथा सुशासन समिति नै अहिले “अनिर्णयको बन्दी” बनेको टिप्पणी गर्दै संसदीय प्रक्रियालाई प्रभावकारी बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.