काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय फेरि थप गरिएको छ।
यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएकोमा अब त्यसलाई थपेर बेलुका ७ बजेसम्म कायम गरिएको हो।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदानको समय थप गरिएको जानकारी दिएका छन्।
शुक्रबार बिहानदेखि सुरु भएको मतदानमा प्रतिनिधिहरूको सहभागिता जारी रहेकाले समय थप गरिएको हो।
निर्वाचन समितिले तोकिएको समयभित्र मतदानस्थलमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न सबै केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा मतदातालाई आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।