मंगलवार, आश्विन २७,२०८३ 03:00:41
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:00:41
Bizshala
Global IME Bank Limited

कांग्रेस विभाजनको अन्तिम डिलमा, अब चमत्कारले मात्रै जोगाउँछ : खड्का’

Bizshala
कांग्रेस विभाजनको अन्तिम डिलमा, अब चमत्कारले मात्रै जोगाउँछ : खड्का’
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको अत्यन्त संवेदनशील मोडमा पुगेको बताएका छन्। कुनै असाधारण परिस्थिति नबने कांग्रेस विभाजनको डिलमा पुगेको उनको भनाइ छ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत खड्काले पार्टीभित्र विकसित पछिल्लो परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ।’

कांग्रेसभित्र दुई पक्षबाट १५औँ महाधिवेशनसम्बन्धी समानान्तर गतिविधि अघि बढिरहेको अवस्थामा खड्का भने कुनै पनि महाधिवेशन प्रक्रियामा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन्। यसअघि पनि उनले दुई अलग महाधिवेशन भए पार्टी विभाजन रोक्न कठिन हुने भन्दै संवादमार्फत एकता जोगाउन आग्रह गरेका थिए।

खड्काले निर्वाचन आयोगले अपनाएको प्रक्रिया र सर्वोच्च अदालतको यसअघिको निर्णयविरुद्ध पुनरावलोकनको माग गर्दै आफू अदालत गएको र उक्त विषय अहिले विचाराधीन रहेकाले गगन थापा नेतृत्वमा अघि बढेको महाधिवेशन प्रक्रियामा सहभागी नभएको स्पष्ट पारेका छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनले भनेका छन्, ‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको छ।’

अदालतमा आफैं पुनरावलोकन मागकर्ता रहेको अवस्थामा सभापति गगन थापाको नेतृत्वमा अघि बढेको महाधिवेशनमा सहभागी हुनु आफ्नो नैतिक मान्यताविपरीत हुने खड्काको भनाइ छ। पुनरावलोकनका लागि सर्वोच्चबाट अनुमति पाएको विषय अन्य सञ्चारमाध्यमले पनि उल्लेख गरेका छन्।

खड्काका अनुसार महाधिवेशनसम्बन्धी गतिविधि रोक्न माग गर्दै अदालतमा निवेदन दिइए पनि तत्काल कार्यतालिका रोक्ने आदेश नआएपछि पार्टीभित्र दुईवटा महाधिवेशन अघि बढ्ने परिस्थिति सिर्जना भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उनले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरतापूर्वक लिएर अग्राधिकारसहित सुनुवाइको व्यवस्था गर्न पनि आग्रह गरेका छन्।

कांग्रेसभित्रको विवाद समाधानका लागि खड्काले यसअघि नै सभापति गगन थापालाई महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी निवर्तमान सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूसँग संवाद सुरु गर्न आग्रह गरेका थिए। पार्टी एकता अझै सम्भव रहेको बताउँदै उनले दुई समानान्तर महाधिवेशन अघि बढे विभाजन रोक्न कठिन हुने चेतावनी दिएका थिए।

पार्टीभित्रको विवाद अदालत, महाधिवेशन र नेतृत्वको वैधानिकतासँग जोडिँदै जाँदा खड्काको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्रको संकट थप गम्भीर बनेको संकेत गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X