बिहीबार, श्रावण २८,२०८३ 02:04:11
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 02:04:11
Bizshala
Global IME Bank Limited

लामो विदेश बसाइपछि काठमाडौं उत्रिए देउवा

Prabhu Bank Limited
लामो विदेश बसाइपछि काठमाडौं उत्रिए देउवा
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

देउवाको स्वागतका लागि कांग्रेसका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू विमानस्थल परिसरमा ठूलो संख्यामा पुगेका थिए। पार्टीका केही शीर्ष नेताहरूसमेत उनको स्वागतमा उपस्थित भए पनि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितका केही नेता भने विमानस्थलमा देखिएनन्।

देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते हङकङ पुगेर परिवारसहित त्यहाँ बसेका थिए। करिब साढे पाँच महिनाको विदेश बसाइपछि उनी बिहीबार काठमाडौं फर्किएका हुन्।

देउवासँगै विदेशमा रहेका उनकी पत्नी आरजु राणा देउवा र छोरा जयवीर भने स्वदेश फर्किएका छैनन्।

लामो समयपछि देउवाको स्वदेश फिर्तीलाई कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रमसँग जोडेर चासोका साथ हेरिएको छ। उनको आगमनपछि पार्टीभित्रको शक्ति सन्तुलन, नेतृत्वबीचको सम्बन्ध र आगामी राजनीतिक रणनीतिबारे बहस थप तीव्र हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.