सोमबार, कार्तिक ९,२०८३ 07:07:07
  • सोमबार, कार्तिक ९,२०८३ 07:07:07
Global IME Bank Limited

कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता

Bizshala
कांग्रेसको नयाँ कार्यसमितिका लागि आज मनोनयन दर्ता
New Office

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

निर्वाचन समितिका अनुसार आजै अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म दाबी–विरोध र बेलुका ७ बजे दोस्रो नामावली प्रकाशन हुनेछ। असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने १० बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ। असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मतदान राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ। मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी छ। निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने कांग्रेसका एक पदाधिकारीले बताएका छन्।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहनेछन्। कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट चयन हुने व्यवस्था छ।

Garima Development Bank
Bizshala
IME remit

विभिन्न समावेशी समूह, प्रदेश, युवा, अपाङ्गता भएका व्यक्ति तथा प्रजातन्त्र सेनानीसहितका प्रतिनिधित्वबाट केन्द्रीय सदस्य चयन हुनेछन्। साथै, केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.