मंगलवार, आश्विन २०,२०८३ 07:37:17
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:37:17
Bizshala
Global IME Bank Limited

गगनको आरोप– सरकार विधि होइन, वाहवाहीको बाटोमा हिँड्यो

Bizshala
गगनको आरोप– सरकार विधि होइन, वाहवाहीको बाटोमा हिँड्यो
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकार विधि र प्रक्रियाभन्दा लोकप्रियता केन्द्रित काममा बढी लागेको आरोप लगाएका छन्।

सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सुरु भएको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकारले ‘परिणाम दिन्छु’ भन्ने नाममा कानुन र प्रक्रियालाई बेवास्ता गर्न थालेको टिप्पणी गरे।

“विधि र प्रक्रिया केही होइन, परिणाम दिन्छु भनेर सरकार हिँडिरहेको छ,” थापाले भने, “यस्तो अभ्यास हामीले विगतमा पनि देखेका थियौँ। तत्कालीन नेकपाको सरकारभन्दा अहिलेको सरकार फरक देखिएन।”

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

थापाले विशेषगरी सुकुम्बासी बस्ती हटाउने विषयलाई उदाहरणका रूपमा अघि सारे। भूमिहीनको समस्या कानुन बनाएर समाधान गर्न सकिने भए पनि सरकारले सामाजिक सञ्जालमा वाहवाही पाउने उद्देश्यले पहिले घर भत्काउने बाटो रोजेको उनको आरोप थियो।

“यो सरकारलाई नागरिकको ‘लाइफ’भन्दा सामाजिक सञ्जालको ‘लाइक’को चिन्ता छ,” थापाले भने, “भूमिहीनको समस्या कानुन बनाएर समाधान गरेको भए सामाजिक सञ्जालमा लाइक आउँदैनथ्यो, त्यसैले सुकुम्बासी बस्तीमा डोजर चलाइयो।”

उनले सरकार लोकप्रियताको पछि लाग्दा नागरिकको वास्तविक समस्या ओझेलमा पर्न थालेको बताए। विधि, प्रक्रिया र कानुनी आधारबिना गरिने कामले क्षणिक चर्चा पाए पनि दीर्घकालीन समाधान दिन नसक्ने उनको भनाइ थियो।

तर, थापाले प्रधानमन्त्री शाहले बालुवाटारभन्दा सिंहदरबारबाट शासन गरेको भन्दै त्यसलाई सकारात्मक पक्षका रूपमा प्रशंसा गरे। शासन सञ्चालनको केन्द्र सिंहदरबार नै बन्नुपर्छ भन्ने मान्यतामा आफू स्पष्ट रहेको उनको भनाइ थियो।

थापाले सरकारको काम गर्ने शैलीमा सुधार आवश्यक रहेको भन्दै कानुन, प्रक्रिया र नागरिक जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दामा सरकार गम्भीर हुनुपर्ने बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.