बुधबार, असार १०,२०८३ 06:10:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:10:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कांग्रेसले जेनजीसँग संविधान संशोधनबारे संवाद गर्दै, आज सानेपामा सभापति थापासित विशेष छलफल

Laxmi Sunrise Bank Limited
कांग्रेसले जेनजीसँग संविधान संशोधनबारे संवाद गर्दै, आज सानेपामा सभापति थापासित विशेष छलफल

काठमाण्डौं । संविधान संशोधनसम्बन्धी बहसलाई व्यापक बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले आज नयाँ पुस्ता (जेनजी) का प्रतिनिधिसँग विशेष संवाद कार्यक्रम आयोजना गर्ने भएको छ।

पार्टी सभापति गगनकुमार थापाको पहलमा दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा छलफल कार्यक्रम तय गरिएको हो।

New Office
CG Motors
Garima Development Bank

नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव संकलनका लागि गठन गरेको समितिको समन्वयमा कार्यक्रम आयोजना गरिएको जनाएको छ।

छलफलका लागि १८ जना जेनजी अगुवालाई औपचारिक रूपमा आमन्त्रण गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।

कार्यक्रममा संविधानविद् तथा कानूनी विज्ञहरूको समेत सहभागिता रहनेछ।

संविधानविद् तेजमान क्षेष्ठ, प्राध्यापक डा. कृष्ण खनाल लगायतका विज्ञहरूले संविधान संशोधनका कानूनी संरचना, संघीय प्रणालीको प्रभावकारिता र सम्भावित सुधारका क्षेत्रबारे आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

संविधान संशोधनबारे बहुआयामिक बहस

संविधान संशोधनको विषय अहिले राजनीतिक वृत्तमा बहुआयामिक बहसको केन्द्र बनेको छ।  

आजको छलफलमा सहभागी जेनजी अगुवाहरूले नयाँ पुस्ताका अपेक्षा र राज्य संरचनाप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

केही युवा प्रतिनिधिहरूले संविधानलाई समयानुकूल बनाउन डिजिटल अधिकार, रोजगारी, शिक्षा र सुशासनसँग सम्बन्धित विषयहरू स्पष्ट रूपमा समेटिनुपर्ने धारणा राख्दै आएका छन्।  

उनीहरूका अनुसार वर्तमान कानुनी संरचनामा युवा पुस्ताको अपेक्षा पूर्ण रूपमा प्रतिबिम्बित भएको छैन।

तर, अर्काथरी जेनजी प्रतिनिधिहरूले बारम्बार संविधान संशोधनको बहसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने भन्दै कार्यान्वयन पक्ष सुधारलाई प्राथमिकता दिनुपर्ने तर्क अघि सारेका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संविधानविद्हरूबीच पनि समान धारणा छैन। केही विज्ञहरूले संघीय संरचना, न्याय प्रणाली र शक्ति सन्तुलनमा प्राविधिक सुधार आवश्यक रहेको बताएका छन् भने केहीले अहिलेको संविधानलाई स्थायित्व दिनुपर्ने र कार्यान्वयन मजबुत बनाउनु नै प्राथमिकता हुनुपर्ने धारणा राखेका छन्।

पार्टीभित्र पनि यस विषयमा एकरूपता देखिँदैन। केही नेताहरूले संविधान संशोधनलाई समयसापेक्ष सुधारको अवसरका रूपमा लिएका छन् भने केहीले यसलाई राजनीतिक बहस बढाउने जोखिमका रूपमा हेरेका छन्।

सरकारसमेत संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने तयारीमा रहेको सन्दर्भमा कांग्रेसले आन्तरिक रूपमा छुट्टै अध्ययन प्रक्रिया अघि बढाएको हो।

यसअघि उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन गरिएको कार्यदलले विभिन्न राजनीतिक दल, कानूनविद् तथा सरोकारवाला पक्षसँग चरणबद्ध छलफल गरिसकेको छ।

त्यस्तै, ‘संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठित विज्ञ समिति’ ले हालसम्म दुई चरणमा संविधानविद्हरूसँग विस्तृत छलफल सम्पन्न गरिसकेको छ।

आजको जेनजी संवादलाई संविधान संशोधन बहसमा नयाँ पुस्ताको दृष्टिकोण औपचारिक रूपमा समेट्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा भइरहेको संविधान संशोधन बहसपत्र तयारी छलफलमा कांग्रेस सहभागी नभएको बताइएको छ।  

उक्त समूहले जेनजी अगुवाहरूलाई समेत आमन्त्रण गरेको भए पनि उनीहरूले सहभागी नहुने निर्णय गरेका थिए।

संविधान संशोधनलाई लिएर राजनीतिक दल, विज्ञ र युवा पुस्ताबीच फरक–फरक दृष्टिकोण देखिन थालेसँगै यो विषय राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.