काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज सोमबार बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
बिहान ९ बजे सुरु हुने बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।
निर्वाचन कार्यतालिकाअनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। त्यसउपर ६ः३० बजेसम्म दाबी–विरोध दर्ता गर्न सकिनेछ भने ७ः३० बजेसम्म जाँचबुझ गरिनेछ। दाबी–विरोधको प्रक्रिया टुंग्याएर साँझ ८ः३० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।