सोमबार, श्रावण ४,२०८३ 08:02:48
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 08:02:48
Bizshala
Global IME Bank Limited

कांग्रेस एकताका लागि संस्थापनइतर समूहको पाँचबुँदे प्रस्ताव सार्वजनिक

कांग्रेस एकताका लागि संस्थापनइतर समूहको पाँचबुँदे प्रस्ताव सार्वजनिक
New Office

 

काठमाण्डौ ।  नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीभित्र एकता कायम गर्न अघि सारेको पाँचबुँदे प्रस्ताव सार्वजनिक गरेको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको निवर्तमान पदाधिकारी तथा सदस्य, प्रदेश समिति सभापति र जिल्ला सभापतिहरूको बैठकले संस्थापन पक्षबाट भ्रमपूर्ण प्रचार भइरहेको दाबी गर्दै यसअघि प्रस्तुत गरिएको प्रस्ताव सार्वजनिक गरेको हो।

बैठकपछि नेता मीन विश्वकर्माले जारी गरेको विज्ञप्तिमा नियमित महाधिवेशनका पक्षधरहरूले नयाँ–नयाँ र स्वीकार गर्न नसकिने प्रस्ताव अघि सारेर पार्टी एकतालाई असहज बनाएको भन्ने प्रचार निराधार, मिथ्या र भ्रामक भएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सएपमार्फत निवर्तमान कार्यवाहक सभापति खड्कालाई पठाएका प्रस्तावमाथि २०८३ जेठ १८ गते नै औपचारिक छलफल गरिएको थियो। सोही क्रममा अधिकतम सहमति गर्न सकिने गरी पाँचबुँदे जवाफ पठाइएको समूहको भनाइ छ।

यस्ता छन् पाँच प्रस्ताव

१. चौधौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई विशेष महाधिवेशनबाट बनेको कार्यसमितिसँग समायोजन गरी गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने।

२. सभापति गगनकुमार थापाको बहुमत कायम हुने गरी केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने।

३. पुनर्गठित केन्द्रीय कार्यसमितिको बैठकबाट पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने।

४. वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति गठन गर्ने।

५. पार्टीभित्र विवाद उत्पन्न हुनुअघि तत्कालीन महामन्त्री एवं वर्तमान सभापति गगनकुमार थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वतः सहभागी हुन पाउने व्यवस्था गर्ने।

ती सदस्यहरूको विवरण क्रमशः डिजिटल प्रणालीमा प्रविष्ट गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरणका रूपमा व्याख्या गरी महाधिवेशनमा सहभागी हुन पाउने वा नपाउने विषयसँग नजोड्ने प्रस्तावमा उल्लेख छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.