बुधबार, असार १०,२०८३ 07:08:37
Bizshala
  • बुधबार, असार १०,२०८३ 07:08:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कार्की आयोग ‘अपूर्ण’ रहेको कांग्रेसको दाबी, थप अनुसन्धानको माग

Laxmi Sunrise Bank Limited
कार्की आयोग ‘अपूर्ण’ रहेको कांग्रेसको दाबी, थप अनुसन्धानको माग

काठमाण्डौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गर्दै घटनाबारे थप निष्पक्ष अनुसन्धान अघि बढाउन माग गरेको छ ।  

कांग्रेसले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन पर्याप्त नभएको आफ्नो पुरानै अडानलाई मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनले समेत पुष्टि गरेको दाबी गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा मानव अधिकार आयोगले स्वयं कार्की आयोगको अनुसन्धानलाई अपर्याप्त ठहर गर्दै आयोगकै अध्यक्षमाथि थप सूक्ष्म अनुसन्धान गर्नुपर्ने औँल्याएको उल्लेख गरिएको छ ।  

कांग्रेसले यसलाई गम्भीर विषय भन्दै सरकारले तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ ।

कांग्रेसले जेनजी आन्दोलन प्रारम्भमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित भएपनि पछि योजनाबद्ध रूपमा हिंसात्मक गतिविधि घुसाइएको निष्कर्ष प्रतिवेदनले देखाएको जनाएको छ ।  

आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड, आगजनी, लुटपाट र मानवीय क्षति भएको विषयलाई पनि कांग्रेसले गम्भीर अपराधका रूपमा व्याख्या गरेको छ ।

विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाउने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने वा निर्दोष नागरिकमाथि आक्रमण गर्ने जोसुकैलाई पनि राजनीतिक पहुँच वा संरक्षणबिनै कानूनी कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कांग्रेसले राज्य संयन्त्रबाट भएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लंघनकै रूपमा व्याख्या गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

पार्टीले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएकाले त्यसका सिफारिस कार्यान्वयन गर्नु सरकारको दायित्व भएको पनि स्मरण गराएको छ ।

साथै सरकारले आयोगको प्रतिवेदनबारे स्पष्ट आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसमेत कांग्रेसले गरेको छ ।

कांग्रेसले घटनामा ज्यान गुमाएका तथा घाइते भएका नागरिकका परिवारलाई राहत, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था गर्न, निजी क्षेत्रको क्षति पूर्तिका लागि राज्यले अभिभावकत्व लिन तथा सुरक्षा निकायलाई थप मानव अधिकारमैत्री र उत्तरदायी बनाउने गरी सुधार प्रक्रिया अघि बढाउन पनि सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तिको अन्त्यमा कांग्रेसले लोकतन्त्रलाई “भिडतन्त्र” मा परिणत हुन नदिनुपर्ने र राज्यले पनि असंयमित तथा क्रूर बल प्रयोग गर्न नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ ।  

पार्टीले लोकतन्त्रको आधार नागरिक स्वतन्त्रता, विधिको शासन, संस्थागत संयम र उत्तरदायी शासन प्रणाली भएको उल्लेख गर्दै हिंसा र दमन दुवै अस्वीकार्य भएको बताएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.