बिहीबार, असार ३२,२०८३ 10:02:46
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:02:46
Bizshala
Global IME Bank Limited

कोशीमा कांग्रेस संस्थापनइतर एकै मञ्चमा

कोशीमा कांग्रेस संस्थापनइतर एकै मञ्चमा
New Office

काठमाण्डौ । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग धारमा देखिँदै आएको संस्थापनइतर समूह आज कोशी प्रदेशस्तरीय भेला मार्फत एकै मञ्चमा देखिएको छ।  

निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षको संयुक्त सहभागितामा विराटनगरस्थित मनास्लु होटलमा भेला सम्पन्न भएको हो।

भेलामा कांग्रेसका शीर्ष नेता तथा प्रभावशाली संस्थापनइतर नेताहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।  

कार्यक्रममा नेता डा. शेखर कोइराला, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता डा.  मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद र मीनबहादुर विश्वकर्मालगायत सहभागी थिए।

नेताहरूका अनुसार भेला पार्टीभित्र देखिएको आन्तरिक मतभेदलाई व्यवस्थापन गर्दै संगठनलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको हो।  

विशेषगरी कोशी प्रदेशलाई केन्द्र बनाएर पार्टीको संगठन सुदृढीकरण, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय र आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल भएको बताइएको छ।

यसअघि कोशी प्रदेशमै देउवा पक्षले छुट्टै भेला आयोजना गर्दा डा. शेखर, समूह सहभागी नभएपछि कांग्रेसभित्र गुटगत दूरी झनै प्रस्ट देखिएको थियो।

तर, यसपटक दुवै पक्ष एकै ठाउँमा देखिनु पार्टीभित्र संवाद र सहकार्यको नयाँ संकेतका रूपमा राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

भेलामा सहभागी नेताहरूले यसलाई प्रतिस्पर्धाभन्दा पनि सहअस्तित्व र संगठनात्मक एकताको अभ्यासका रूपमा व्याख्या गरेका छन्।  

उनीहरूले आगामी दिनमा पार्टीभित्रको समन्वयलाई अझ सुदृढ गर्दै एकीकृत रूपमा अघि बढ्ने आवश्यकता रहेको धारणा राखेका छन्।

यसअघि गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा र कोइराला दुवै पक्षको अनुपस्थितिले कांग्रेसभित्रको दूरी झनै उजागर गरेको थियो।  

त्यस सन्दर्भलाई हेर्दा कोशीमा भएको यो संयुक्त भेला आन्तरिक समन्वय पुनःस्थापना गर्ने प्रयासका रूपमा पनि हेरिएको छ।

पार्टीभित्र लामो समयदेखि देखिँदै आएको धारगत प्रतिस्पर्धा र नेतृत्व सन्तुलनको बहसबीच कोशी प्रदेशस्तरीय यो भेला कांग्रेसभित्र सहकार्य र पुनःएकीकरणतर्फको संकेतका रूपमा मूल्याङ्कन भइरहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.