काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकबाट पारित निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ।
पार्टीले मंगलबार दिउँसो ३ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बैठकका निर्णय सार्वजनिक गर्न लागेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिले विभिन्न राजनीतिक तथा सांगठनिक विषयमा गरेका निर्णयबारे पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी दिइनेछ।
साउन २४ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार अर्थात् भदौ १ गते सम्पन्न भएको थियो। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन, आगामी रणनीति तथा आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको थियो।
महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि बसेको यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो।
बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आफ्नो धारणा राख्न सात–सात मिनेटको समय दिइएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरूको पनि सहभागिता रहेको थियो।
बैठकबाट पारित निर्णय र पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशाबारे कांग्रेसले आजको पत्रकार सम्मेलनमार्फत विस्तृत धारणा सार्वजनिक गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।