शुक्रबार, भाद्र १९,२०८३ 12:28:33
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 12:28:33
Bizshala
Global IME Bank Limited

विज्ञ टोलीसँगै रसुवा पुगे गगन थापा, बाढी क्षतिको स्थलगत अध्ययन सुरु

विज्ञ टोलीसँगै रसुवा पुगे गगन थापा, बाढी क्षतिको स्थलगत अध्ययन सुरु
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित भोटेकोशी बाढीबाट प्रभावित रसुवा पुगेका छन्।

सभापति थापा शुक्रबार बिहान रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिको स्थलगत अवस्था बुझ्न थालेका हुन्।

उनको सचिवालयका अनुसार थापासँग विभिन्न क्षेत्रका विज्ञसमेत सहभागी छन्। टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग बाढीपछिको अवस्था, तत्कालीन आवश्यकता र पुनर्निर्माणका चुनौतीबारे जानकारी लिनेछ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सडक, पुल, जलविद्युत् आयोजना, निजी घर तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणको काम जारी छ।

थापाले यसअघि भदौ १५ गते नुवाकोटको विदुर नगरपालिका–३ स्थित बाढी प्रभावित क्षेत्रमा समेत पुगेर स्थलगत निरीक्षण गरेका थिए।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बिहीबार मात्रै उनले नेपाली कांग्रेसका तर्फबाट प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गरी विस्तृत प्रतिवेदन तयार पारिने बताएका थिए। स्थलगत निरीक्षणबाट संकलित तथ्य, प्रभावितको अवस्था तथा विज्ञहरूको सुझाव समेटेर प्रतिवेदन सार्वजनिक गर्ने कांग्रेसको तयारी छ।

बाढीपछि तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण, जोखिमयुक्त बस्तीको व्यवस्थापन, सडक तथा पुल पुनःस्थापना र प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थान प्रमुख चुनौतीका रूपमा देखिएका छन्।

कांग्रेस सभापति थापाको पछिल्लो रसुवा भ्रमणलाई पार्टीले बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर पुनर्निर्माण तथा नीतिगत सुझाव तयार गर्ने अभियानको निरन्तरताका रूपमा लिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.