विज्ञ टोलीसँगै रसुवा पुगे गगन थापा, बाढी क्षतिको स्थलगत अध्ययन सुरु
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित भोटेकोशी बाढीबाट प्रभावित रसुवा पुगेका छन्।सभापति थापा शुक्रबार बिहान रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत क्षेत्रमा पुगेर बाढीले पुर्याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिको स्थलगत अवस्था बुझ्न थालेका हुन्।उनको सचिवालयका अनुसार थापासँग विभिन्न क्षेत्रका विज्ञसमेत सहभागी छन्। टोलीले प्रभावित...

