बिहीबार, असार ३२,२०८३ 10:02:46
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 10:02:46
Bizshala
Global IME Bank Limited

नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच भेटघाट, आन्तरिक समीकरणबारे छलफल

नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच भेटघाट, आन्तरिक समीकरणबारे छलफल
New Office

काठमाण्डौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूबीच पछिल्ला दिनमा भेटघाट र परामर्श तीव्र बनेको छ।

पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले नेता पूर्णबहादुर खड्कासँग विस्तृत छलफल गरेका छन्।

नेता खड्काको निवास गोल्फुटारमा भएको भेटमा थापा र शर्मा बिहान ११ बजेदेखि दिउँसो साढे १२ बजेसम्म उपस्थित रहेका थिए।

खड्काको सचिवालयका अनुसार छलफल मुख्यतया पार्टीभित्रका आन्तरिक विषय, संगठनात्मक समन्वय तथा देशको समसामयिक राजनीतिक अवस्थाबारे केन्द्रित थियो।

पछिल्ला केही दिनयता कांग्रेसभित्र नेतृत्व तहमा भइरहेको निरन्तर संवादलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।

यसअघि सभापति गगन थापाले मंगलबार नेता शेखर कोइरालासँग पनि भेटवार्ता गरेका थिए।

पार्टीभित्र बढ्दो छलफलले आगामी रणनीति र आन्तरिक शक्ति सन्तुलनबारे विभिन्न अनुमानहरूलाई थप बल पुर्‍याएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.