मंगलवार, आश्विन २०,२०८३ 07:37:31
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:37:31
Bizshala
Global IME Bank Limited

देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ गते पेसी

Bizshala
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता, भदौ ११ गते पेसी
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरेका छुट्टाछुट्टै पूरक निवेदन दर्ता भएका छन्।

देउवाका तर्फबाट वारेस कांग्रेस नेता दीपक खड्का र पूर्णबहादुर खड्काका तर्फबाट वारेस अधिवक्ता श्रवणकुमारले सोमबार सर्वोच्चमा पूरक निवेदन पेस गरेका थिए।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार दुवै निवेदन दर्ता भइसकेका छन् र ती निवेदनमाथि भदौ ११ गते सुनुवाइ हुने गरी पेसी तोकिएको छ।

देउवा र खड्काले विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी ढंगले महाधिवेशन प्रक्रिया अघि बढाएको दाबी गर्दै त्यसलाई तत्काल रोक्न माग गरेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कांग्रेसको आधिकारिकता तथा नेतृत्व अद्यावधिकसम्बन्धी विवाद यसअघि नै सर्वोच्च अदालत पुगेको थियो। उक्त विवादमा सर्वोच्चले सुरुदेखि नै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि महाधिवेशन प्रक्रिया अघि बढाइएको भन्दै देउवा–खड्का पक्ष पुनः अदालत पुगेको हो।

इतर समूहले अदालतमा विवाद विचाराधीन अवस्थामा एकपक्षीय रूपमा संगठनात्मक तथा महाधिवेशनसम्बन्धी प्रक्रिया अगाडि बढाउनु उचित नहुने जिकिर गरेको छ।

अब भदौ ११ गते हुने सुनुवाइले कांग्रेसभित्र जारी आधिकारिकता, नेतृत्व र महाधिवेशन प्रक्रियासम्बन्धी विवादमा थप कानुनी दिशा तय गर्ने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.