मंगलवार, आश्विन १३,२०८३ 07:07:46
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:07:46
Bizshala
Global IME Bank Limited

कांग्रेस सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशनमा विवाद, फर्जी मतपत्र भेटिएपछि मतदान स्थगित

Bizshala
कांग्रेस सिन्धुपाल्चोक–२ को क्षेत्रीय अधिवेशनमा विवाद, फर्जी मतपत्र भेटिएपछि मतदान स्थगित
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ को क्षेत्रीय अधिवेशनमा विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको छ।

मतदानका क्रममा फर्जी मतपत्र भेटिएको भन्दै विवाद चर्किएपछि निर्वाचन समितिले तत्कालका लागि मतदान रोक्ने निर्णय गरेको हो।

निर्वाचन समितिका अनुसार विवादित विषयमा दुवै पक्षबीच सहमति नबन्दासम्म मतदान प्रक्रिया अघि बढाइने छैन। विवाद समाधानका लागि सम्बन्धित पक्षबीच छलफल गराउने तयारी भइरहेको जनाइएको छ।

क्षेत्रीय सभापति पदका लागि बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ र पासाङ दोङ प्रतिस्पर्धामा छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मतदान चलिरहेका बेला फर्जी मतपत्र प्रयोग भएको आशंकापछि दुई पक्षबीच तनाव बढेको बताइएको छ। विवादकै क्रममा नेता वंशलाल तामाङले मतपेटिकामा खुट्टाले हानेको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

निर्वाचन समितिले अब दुवै पक्षसँग छलफल गरी सहमतिको वातावरण बनेपछि मात्र मतदान पुनः सुरु गर्ने जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत विभिन्न तहमा अधिवेशन र प्रतिनिधि चयन भइरहेका बेला सिन्धुपाल्चोक–२ मा मतपत्रसम्बन्धी विवादले निर्वाचन प्रक्रिया नै रोकिएको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.