बिहीबार, आश्विन ८,२०८३ 12:44:05
Bizshala
  • बिहीबार, आश्विन ८,२०८३ 12:44:05
Bizshala
Global IME Bank Limited

देउवा समूहले ५५ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, मधेशमा अझै नाम तय भएन

Bizshala
देउवा समूहले ५५ जिल्लामा तोक्यो महाधिवेशन संयोजक, मधेशमा अझै नाम तय भएन
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूहले देशका ५५ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ।

१५ औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सात प्रदेशअन्तर्गत विभिन्न जिल्लामा संयोजकको जिम्मेवारी तोकेका हुन्। देउवा समूहको चुनदेवी सम्पर्क कार्यालयका अनुसार हालसम्म कोशीका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक चयन गरिएको छ। मधेश प्रदेशका कुनै पनि जिल्लामा भने हालसम्म संयोजक तोकिएको छैन।

कोशीका आठ जिल्लामा संयोजक

कोशी प्रदेशको पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ।

मोरङमा विनायक पन्त तथा उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ।

कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ।

बागमतीका ११ जिल्लामा जिम्मेवारी

बागमती प्रदेशको दोलखामा ताराकुमार खड्कालाई संयोजक र जयराज श्रेष्ठलाई सहसंयोजक बनाइएको छ। रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनले संयोजनको जिम्मेवारी पाएका छन्।

बागमतीका सिन्धुली र काभ्रेपलाञ्चोकमा संयोजक तोक्न बाँकी छ।

मधेशमा अझै संयोजक तय भएनन्

देउवा समूहले मधेश प्रदेशका कुनै पनि जिल्लामा अहिलेसम्म महाधिवेशन संयोजक तोकेको छैन। अन्य प्रदेशमा जिल्ला तहको जिम्मेवारी वितरण अघि बढिरहँदा मधेशका आठै जिल्ला हालसम्म सूचीबाहिर छन्।

गण्डकीका आठ जिल्लामा संयोजक

गण्डकी प्रदेशको गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई जिम्मेवारी दिइएको छ।

तनहुँ, मुस्ताङ र स्याङ्जामा भने संयोजक चयन हुन बाँकी छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

लुम्बिनीका सबै १२ जिल्लामा जिम्मेवारी

लुम्बिनी प्रदेशको नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ।

कपिलवस्तुमा खुर्सेद अहमद खाँलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ।

कर्णालीका आठ जिल्लामा संयोजक

कर्णाली प्रदेशको डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा ‘मिलन’ र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ।

रुकुम पश्चिम र सल्यानमा भने संयोजक तोक्न बाँकी छ।

सुदूरपश्चिमका आठ जिल्लामा संयोजक, अछाम बाँकी

देउवाको गृहप्रदेश सुदूरपश्चिममा बाजुराका धनराज पण्डित, बझाङका हर्कजंग बहादुर सिंह, डोटीका नरेन्द्रबहादुर सिंह, दार्चुलाका सुरेन्द्र अवस्थी, बैतडीका बीरबहादुर बिष्ट, डडेल्धुराका डिल्लीराज जोशी, कञ्चनपुरका पदम बोगटी र कैलालीका खेमबहादुर डगौरा थारुलाई संयोजक बनाइएको छ।

कैलालीमा रामसमझ रानालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिममा अछाम जिल्लामा मात्रै संयोजक तोक्न बाँकी छ।

२१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी

डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको समितिले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। सोही कार्यतालिकाअनुसार नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्ने तयारी गरिएको छ।

जिल्ला तहमा संयोजक तोक्ने क्रमसँगै देउवा समूहले आगामी महाधिवेशनका लागि संगठनात्मक तयारीलाई तीव्र बनाएको देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.