आईतवार, श्रावण ३,२०८३ 07:01:46
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 07:01:46
Bizshala
Global IME Bank Limited

प्रदेशलाई प्रतिपक्षविहीन बनाउने तीन दलको प्रस्ताव स्वीकार्य नहुने : सभापति थापा

प्रदेशलाई प्रतिपक्षविहीन बनाउने तीन दलको प्रस्ताव स्वीकार्य नहुने : सभापति थापा
New Office

 

 काठमाण्डौ ।   नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन ठूला राजनीतिक दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव कांग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

तीन प्रमुख दल सरकारमा सहभागी हुँदा प्रदेशसभा प्रतिपक्षविहीन बन्ने र त्यसले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने उनको भनाइ छ। जनताले दिएको म्यान्डेटविपरीत हुने कुनै पनि सत्ता समीकरणमा कांग्रेस सहभागी नहुने उनले बताए।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताह शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सत्ता प्राप्तिका लागि सिद्धान्त र जनादेशसँग सम्झौता नगर्ने उद्घोष गरे।

उनले सरकार गठनका लागि आवश्यक परे दुई दलबीच सहकार्य हुन सक्ने भए पनि कांग्रेस, एमाले र माओवादी केन्द्रसहित तीनवटै ठूला दल सरकारमा बस्ने अवस्था लोकतान्त्रिक मूल्यविपरीत हुने बताए। कांग्रेसले सत्ता बाहिर बसेर बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको उनको भनाइ थियो।

सभापति थापाले विगतमा सत्तालाई केन्द्रमा राखेर गरिएका निर्णयका कारण राजनीतिक दलप्रतिको नागरिक विश्वास कमजोर बनेको उल्लेख गरे। सत्ता नै सबै कुरा हो भन्ने सोच त्यागेर दलहरू नागरिकको मत र म्यान्डेटप्रति इमानदार बन्नुपर्नेमा उनले जोड दिए।

उनले कांग्रेसले विगतका कमजोरीबाट पाठ सिक्दै अब राजनीतिक लाभका लागि जस्तोसुकै सम्झौता नगर्ने र लोकतान्त्रिक मूल्यमान्यताका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता पनि व्यक्त गरे।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.