Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 12:50:13
Bizshala
Global IME Bank Limited

राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए देउवा

राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको निरीक्षणमा निस्किए देउवा
New Office

काठमाण्डौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा बिहीबार बिहान राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेका छन्।

देउवासँगै कांग्रेसका अन्य शीर्ष नेताहरू पनि बाढी प्रभावित क्षेत्रतर्फ गएका छन्। टोलीले गाडीमार्फत बाढीपीडितका लागि आवश्यक राहत सामग्रीसमेत लिएर गएको देउवाको सचिवालयले जनाएको छ।

नुवाकोट पुगेपछि देउवा नेतृत्वको टोलीले पहिलो चरणमा नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम छ। छलफलका क्रममा बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र पीडितको तत्कालीन आवश्यकताबारे जानकारी लिइने बताइएको छ।

त्यसपछि टोलीले विदुरस्थित ढुंगे क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकन गर्नेछ। ढुंगे क्षेत्रको निरीक्षणपछि देउवासहितका नेताहरू देवीघाट पुग्ने कार्यक्रम छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

देवीघाट क्षेत्रमा पनि बाढीबाट प्रभावित बस्ती तथा पूर्वाधारको अवस्था अवलोकन गर्नुका साथै पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पछिल्लो बाढीबाट नुवाकोटसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेपछि राजनीतिक दलका नेताहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा राहत वितरणलाई तीव्र बनाएका छन्।

देउवा नेतृत्वको टोली स्थलगत निरीक्षण र राहत कार्यक्रम सकेर बिहीबार नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.