आईतवार, श्रावण ३१,२०८३ 12:55:42
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:55:42
Bizshala
Global IME Bank Limited

कांग्रेस संस्थापन इतर सम्मेलनको बन्दसत्रमा देउवा पनि सहभागी, आजै सकिँदै सम्मेलन

Prabhu Bank Limited
कांग्रेस संस्थापन इतर सम्मेलनको बन्दसत्रमा देउवा पनि सहभागी, आजै सकिँदै सम्मेलन
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको दुईदिने राष्ट्रिय सम्मेलन आज विभिन्न राजनीतिक तथा आर्थिक प्रस्ताव पारित गर्दै सम्पन्न हुने भएको छ।

काठमाण्डौको सुकेधारास्थित एक पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको भेलालाई पछि राष्ट्रिय सम्मेलनको स्वरूप दिइएको हो। आयोजक पक्षका अनुसार सम्मेलनमा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ।

सम्मेलनको उद्घाटन कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए। शनिबारको बन्दसत्रमा सहभागी नभएका देउवा सम्मेलनको अन्तिम दिन आइतबार भने बन्दसत्रमा समेत उपस्थित भएका छन्।

बन्दसत्रमा कांग्रेस नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन् भने डा. प्रकाशशरण महतले आर्थिक तथा सामाजिक नीतिको कार्यदिशासम्बन्धी प्रस्ताव पेस गरेका छन्। त्यस्तै, एनपी साउदले समसामयिक राजनीतिक विषय समेटिएको प्रस्ताव प्रस्तुत गरेका छन्।

CG Motors

प्रस्तुत प्रस्तावहरूमाथि सहभागीहरूले धारणा राख्ने तथा सुझाव दिने क्रम जारी रहेको छ। सहभागीबाट आएका सुझाव समेटेर प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी भइरहेको सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए।

उनका अनुसार बन्दसत्रमा उठेका सुझावलाई समेटेर सबै प्रस्ताव परिमार्जन गरिने र त्यसपछि पारित गर्दै सम्मेलन समापन गरिनेछ।

संस्थापन इतर समूहको यो सम्मेलनलाई कांग्रेसभित्रको आगामी राजनीतिक दिशा, आन्तरिक शक्ति सन्तुलन तथा पार्टीको भावी रणनीतिसँग जोडेर हेरिएको छ। सम्मेलनमा देउवाको उपस्थितिलाई समेत राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.