काठमाण्डौ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते बोलाएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।
कांग्रेसले बैठकका एजेन्डाबारे भने विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
नेपाली कांग्रेस

