बुधबार, श्रावण १३,२०८३ 02:08:14
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 02:08:14
Bizshala
Global IME Bank Limited

खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरुको बैठक सुरु

खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरुको बैठक सुरु
New Office

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका वरिष्ठ नेताहरुको बैठक सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बैठक सुरु भएको हो।

बैठकमा खड्कासहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. शशांक कोइराला सहभागी छन्।

त्यस्तै, नेताहरु रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुंगाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेतलगायत पनि बैठकमा उपस्थित छन्।

पछिल्लो समय कांग्रेसभित्र आन्तरिक समीकरण र आगामी रणनीतिबारे छलफल तीव्र भइरहेका बेला देउवा समूहका शीर्ष नेताहरुको यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.