आईतवार, श्रावण २४,२०८३ 04:31:31
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 04:31:31
Bizshala
Global IME Bank Limited

सर्वोच्चको पुनरवलोकन आदेशबारे गगन थापा : हामी शानका साथ अदालत जान्छौँ

सर्वोच्चको पुनरवलोकन आदेशबारे गगन थापा : हामी शानका साथ अदालत जान्छौँ
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन अनुमतिलाई सामान्य न्यायिक प्रक्रियाका रूपमा लिएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले समेत त्यसलाई कानुनअनुसार अभिलेखीकरण गरिसकेको बताए।

उनले पार्टीले गरेका काम विधि, विधान र कानुनअनुसार नै भएकाले अदालतको पछिल्लो आदेशबाट विचलित हुनुपर्ने कारण नरहेको बताए।

पार्टीको निर्णयप्रति असन्तुष्ट केही पक्ष अदालत गएको उल्लेख गर्दै थापाले यसअघि अदालतबाट विशेष महाधिवेशनको पक्षमा फैसला आएको र अहिले त्यसविरुद्ध परेको पुनरवलोकन निवेदनमाथि सुनुवाइका लागि अनुमति दिइएको बताए।

उनले पुनरवलोकन अनुमति दिनुलाई अन्तिम फैसला नभई न्यायिक प्रक्रियाको अर्को चरणका रूपमा बुझ्नुपर्ने धारणा राखे।

‘हामी शानका साथ अदालत जान्छौँ, आफूसँग भएका तथ्य र प्रमाण प्रस्तुत गर्छौँ,’ थापाले बैठकमा भने, ‘एकपटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ भन्ने हाम्रो विश्वास छ। न्यायालयप्रति हामी पूर्ण विश्वस्त छौँ।’

थापाले कानुनी प्रक्रियासँगै पार्टीभित्रको एकता र कार्यकर्ताबीचको विश्वास अझ महत्वपूर्ण रहेको पनि बताए।

उनका अनुसार कांग्रेस कानुनी रूपमा बलियो रहेको दाबी मात्रै पर्याप्त हुँदैन, पार्टीका नेता तथा कार्यकर्ताबीचको भरोसा र एकता कायम राख्नु नै अहिलेको मुख्य आवश्यकता हो।

सर्वोच्च अदालतले विशेष महाधिवेशन र पार्टीको वैधानिकतासम्बन्धी विवादमा पुनरवलोकनको अनुमति दिएपछि कांग्रेसभित्र यस विषयमा पुनः बहस सुरु भएको छ। थापाले भने अदालतको प्रक्रियालाई सामना गर्दै पार्टी आफ्ना नियमित राजनीतिक गतिविधिमा केन्द्रित रहने संकेत गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.