बुधबार, असार १०,२०८३ 06:10:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:10:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि ८ बुँदे प्रस्ताव आदान–प्रदान

Laxmi Sunrise Bank Limited
कांग्रेसमा आन्तरिक विवाद समाधानका लागि ८ बुँदे प्रस्ताव आदान–प्रदान

काठमाण्डौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान गर्न संस्थापन र इतर पक्षबीच पुनः उच्चस्तरीय संवाद तथा प्रस्ताव आदान–प्रदान भएको छ।  

पार्टीलाई एकताबद्ध बनाउने प्रयासस्वरूप सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षलाई सम्बोधन गर्दै ८ बुँदे समायोजन प्रस्ताव अघि सारेका छन्।

New Office
CG Motors
Garima Development Bank

सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याएपछि सभापति थापाले विशेष महाधिवेशनको विरोधमा रहेका नेताहरूसँग निरन्तर छलफल गर्दै आएका छन्।  

पछिल्ला दिनहरूमा देउवा, कोइराला तथा अन्य शीर्ष नेतासँग विभिन्न चरणमा भेटवार्ता भएपनि दुवै पक्षबीच अन्तिम सहमति जुट्न सकेको छैन।

थापाले अघि सारेको प्रस्तावमा पार्टी एकता कायम राख्दै संगठनात्मक संरचना पुनर्संरचना गर्ने, वरिष्ठ नेतृत्वको व्यवस्था गर्ने तथा विभिन्न केन्द्रीय समिति र संरचनामा इतर पक्षको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय समेटिएको छ।  

साथै, १४औँ महाधिवेशनबाट बनेको कार्यसमितिलाई समायोजन गर्दै नयाँ संरचनाअनुसार व्यवस्थापन गर्ने प्रस्ताव पनि समावेश छ।

तर इतर पक्षले भने फरक अडान प्रस्तुत गर्दै आएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेता पूर्णबहादुर खड्कालगायतका नेताहरूले हालका दुई अलग कार्यसमिति मर्ज गरी निर्वाचन आयोजक समिति गठन गर्नुपर्ने, क्रियाशील सदस्यता अद्यावधिक नगरी पुरानै आधारमा महाधिवेशन अघि बढाउनुपर्ने तथा सबै समिति सहमतिका आधारमा गठन हुनुपर्ने माग राखेका छन्।

दुवै पक्षबीचको मुख्य विवाद १४औँ महाधिवेशनपछि बनेको कार्यसमितिको संरचना समायोजन र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा केन्द्रित देखिन्छ।  

यद्यपि, नेताहरूले यी विषयलाई संवादमार्फत टुंग्याउन सकिने विश्वास व्यक्त गर्दै आएका छन्।

सहमहामन्त्री उदयशम्शेर राणा लगायतका नेताहरूले पार्टी एकता कायम राख्न नेतृत्व लचिलो देखिएको बताएका छन्।

 उनका अनुसार दुवै पक्षबीच संवाद जारी छ र बाँकी रहेका मतभेद पनि छिट्टै समाधान हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.