काठमाण्डौ । सरकारले अध्यादेशमार्फत विभिन्न मन्त्रालयअन्तर्गत गरिएका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै अर्थ मन्त्रालय मातहतका विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन्।
निर्णयअनुसार कर्मचारी सञ्चय कोषका अध्यक्ष भूपाल वराल, सदस्यहरू डा. धनिराम शर्मा, इश्वर कार्की, विनोद थापा, प्रा.डा. तारा प्रसाद भूसाल, देवेन्द्र रमण खनाल तथा प्रशासक जितेन्द्र धिताल पदमुक्त भएका छन्।
यस्तै, नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पनि पदमुक्त भएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाअन्तर्गत परिषद्का सदस्यहरू कुमार राई, थान प्रसाद पज्ञानी र श्याम प्रसाद भण्डारी हटाइएका छन्। साथै, लेखामान बोर्डका अध्यक्ष सुनिल कुमार ढुंगेल र सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती, विदुर लुइटेल तथा पोषराज नेपाल पदमुक्त भएका छन्। लेखापरीक्षणमान बोर्डका अध्यक्ष जगन्नाथ उपाध्याय निरौला र सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणी दाहाल तथा गणेशराज राई पनि पदमुक्त भएका छन्।
यसैगरी, नेपाल धितोपत्र बोर्डका सदस्य पिताम्वर भण्डारी पदमुक्त भएका छन्।
निक्षेप तथा कर्जा सुरक्षण कोषका सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन्।
त्यस्तै, नेपाल बीमा प्राधिकरणअन्तर्गत जीवन बीमा क्षेत्रका सदस्य डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन्।
सरकारको उक्त निर्णयसँगै अर्थ मन्त्रालय मातहतका प्रमुख निकायहरूमा रहेका राजनीतिक नियुक्तिका पदाधिकारीहरू एकैपटक हटाइएका हुन्।

