काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सेयर बजारमा सक्रिय केही व्यक्तिहरु पनि विभिन्न पदमा निर्वाचित भएका छन् ।
ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकाल सम्मानजनक मतसहित महासंघको वस्तुगततर्फको सदस्यमा निर्वाचित भएका छन् । उनी हिमालयन ब्रोकरेज कम्पनी लिमीटेडका सञ्चालक पनि हुन् ।
यस्तै, अर्का ब्रोकर तथा क्रिष्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका सञ्चालक प्रियराज रेग्मी एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् ।
सेयर बजारका पुराना लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि एशोसिएटतर्फको सदस्य पदमा तेश्रो लोकप्रिय मतसहित निर्वाचित भएका छन् ।
*(समाचारमा प्रयोग गरिएको तस्विर एआई जेनेरेटेड हो)

