काठमाण्डौ । विद्युत बिक्री आम्दानी बढेसँगै साञ्जेन जलविद्युत कम्पनी लिमिटेड घाटाबाट बाहिरिदै नाफा कमाउन सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी २४ करोड २८ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब ३ करोड रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १६०.४४ प्रतिशतले बढी हो ।
कम्पनीले समीक्षा अवधिसम्म ९ लाख १६ हजार रुपैयाँ वित्त आम्दानी र ११ लाख ४० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको सञ्चालन तथा प्रशासनिक खर्च ३ करोड ४ लाख, ह्रासकट्टी खर्च ४२ करोड ७३ लाख र कर्मचारी खर्च १ करोड ४० लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ ६५ करोड ३२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यो अवधिमा कुल चालु सम्पत्ति ४२ करोड ५७ लाख र कुल चालु दायित्व ८८ करोड ७१ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८२.१० रुपैयाँ, र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४७.५३ रुपैयाँ कायम भएको छ

