शुक्रबार, आश्विन ९,२०८३ 02:40:25
Bizshala
  • शुक्रबार, आश्विन ९,२०८३ 02:40:25
Bizshala
Global IME Bank Limited

बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह

Bizshala
बीपी राजमार्गमा यात्रा गर्दा सडकको अवस्था बुझेर यात्रा गर्न स्थानीय प्रसाशनको आग्रह
New Office

काठमाण्डौं । सुरक्षा निकायले बीपी राजमार्गमा यात्रुहरूलाई सडकको अवस्था बुझेर  मात्र दिउँसो यात्रा गर्न र जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।

बीपी राजमार्गको काभ्रेअन्तर्गत रोशी क्षेत्रमा बारम्बार सडक अवरुद्ध हुन थालेपछि जिल्ला सुरक्षा समितिले रातिको सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यानमा राख्दै मङ्गलबारदेखि अर्को सूचना जारी नहुँदासम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी खोलामा बढ्दो बाढीले अस्थायी डाइभर्सनहरू बगाउने खतरा बढेकाले यात्रुको सुरक्षाका लागि यस्तो कदम चालिएको हो।  

यसअघि सोमबार राति रोशी गाउँपालिकाको लास्कोट–घुमाउने खण्डमा अलपत्र परेका ८९ जना यात्रुलाई सुरक्षा निकायले राति १ बजे उद्धार गरेको थियो। 

वर्षाका कारण सडक अवरुद्ध भएपछि सवारी साधनहरू धुलिखेल, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएका छन्।  

गतवर्ष आएको भीषण बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म करिब १८ किलोमिटर सडक बगाएपछि हाल खोलाको किनारैकिनार अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले उक्त क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको जनाएको छ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.