काठमाडौं जोड्ने मुख्य सडक ठप्प, अत्यावश्यक सामग्रीका लागि त्रिभुवन राजपथ मात्रै एकतर्फी खुला
काठमाण्डौ । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकालाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा ठाउँठाउँमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ।वर्षा जारी रहेकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले जोखिमलाई मध्यनजर गर्दै ती राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएका छन्।काठमाडौंका लागि...

