मंगलवार, आश्विन १३,२०८३ 12:15:47
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 12:15:47
Bizshala
Global IME Bank Limited

काठमाडौं जोड्ने प्रमुख सडकहरू खुले, केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन

Bizshala
काठमाडौं जोड्ने प्रमुख सडकहरू खुले, केही खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन
New Office

 

काठमाण्डौ । अविरल वर्षा र पहिरोका कारण प्रभावित काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकहरू पुनः सञ्चालनमा आएका छन्। यद्यपि केही खण्डमा सडकको अवस्था पूर्ण रूपमा सामान्य नभएकाले सवारीसाधन एकतर्फी रूपमा चलिरहेका छन्।

मंगलबार बिहान ९ बजेसम्मको अवस्थाअनुसार बीपी राजमार्ग, पृथ्वी राजमार्ग, कान्ति राजमार्ग, त्रिभुवन राजपथ, अरनिको राजमार्ग तथा बल्खु–कुलेखानी–भीमफेदी–हेटौंडा सडक सञ्चालनमा आएका हुन्।

यी सडकका अधिकांश खण्डमा दुईतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ। तर पहिरो, सडक कटान तथा मर्मतको काम जारी रहेका केही स्थानमा एकतर्फी रूपमा मात्रै सवारी आवागमन भइरहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यससँगै काठमाडौं प्रवेश तथा बाहिरिने मुख्य सडकमार्गमा पछिल्ला दिनमा देखिएको अवरोध उल्लेख्य रूपमा कम भएको छ।

धादिङस्थित कृष्णभीर सडकखण्डमा पनि हाल दुवैतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएको छ।

लगातारको वर्षाका कारण केही दिनदेखि काठमाडौं जोड्ने विभिन्न राजमार्गमा पहिरो तथा सडक अवरोध हुँदा यात्रु तथा मालवाहक सवारी प्रभावित भएका थिए। अहिले प्रमुख सडक सञ्चालनमा आए पनि जोखिमयुक्त स्थानमा सावधानीपूर्वक यात्रा गर्नुपर्ने अवस्था कायमै छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.