सोमबार, श्रावण १८,२०८३ 10:04:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 10:04:41
Bizshala
Global IME Bank Limited

अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो, दर्जनौँ राजमार्ग प्रभावित

अविरल वर्षाले बीपी राजमार्गमा आवागमन रोकियो, दर्जनौँ राजमार्ग प्रभावित
New Office

काठमाण्डौं । लगातारको अविरल वर्षासँगै देशका विभिन्न भू-भागमा आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा ग्रामीण सडक सञ्जालमा यातायात सेवा प्रभावित बनेको छ ।

प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्डहरूमा आंशिक अवरोध देखिएको छ भने केही स्थानमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरिएको छ ।

कोशी प्रदेशमा भोजपुर र सङ्खुवासभा जिल्लाका सडक संरचनामा बाढी तथा पहिरोले असर पुर्‍याउँदा यातायातमा समस्या देखिएको छ ।  

भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीको प्रभावमा परेपछि अहिले एकतर्फी रूपमा मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको भए पनि निरन्तर वर्षाका कारण थप जोखिम कायम रहेको बताइएको छ ।

त्यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्ती क्षेत्रमा गएको पहिरोले कोशी राजमार्ग अवरुद्ध बनाएको छ ।  

हाल उक्त सडक खण्ड आंशिक रूपमा मात्र सञ्चालनमा रहेको र पहिरो हटाउने कार्य जारी रहे पनि ढुंगा तथा माटो खस्ने जोखिम अझै रहेको सुरक्षा निकायले जनाएको छ ।

बागमती प्रदेशमा पनि वर्षाले सडक यातायातमा उल्लेख्य असर पारेको छ ।  

काभ्रेपलान्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडक क्षेत्र आसपासमा बाढीको सम्भावना बढेपछि बीपी राजमार्गमा सवारी साधनको आवागमन पूर्ण रूपमा रोकिएको छ ।  

सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षाकर्मी परिचालन गरी जोखिमयुक्त स्थानमा निगरानी कडा पारिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका लमजुङ र म्याग्दी जिल्लामा सडक अवरुद्ध हुँदा स्थानीय आवागमन प्रभावित बनेको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ क्षेत्रमा गएको पहिरोले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

यस्तै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथले क्षेत्रमा पहिरो खस्दा बेनी–जोमसोम सडक खण्ड आंशिक रूपमा मात्र सञ्चालनमा रहेको छ ।

कर्णाली प्रदेशअन्तर्गत हुम्ला जिल्लामा पनि पहिरोको जोखिम बढेपछि यातायात सेवा प्रभावित बनेको छ ।  

नाम्खा गाउँपालिका–२ क्षेत्रमा सम्भावित पहिरो जोखिमका कारण हिल्सा–सिमकोट सडक खण्डमा सवारी साधन सञ्चालन अस्थायी रूपमा रोकिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले निरन्तर वर्षासँगै भू–स्खलन तथा बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।  

सडक खुलाउने तथा अवरोध हटाउने कार्य जारी रहे पनि प्रतिकूल मौसमका कारण पूर्ण रूपमा यातायात सञ्चालनमा समय लाग्ने अनुमान गरिएको छ ।

साथै, अत्यावश्यक बाहेक लामो दूरीको यात्रा नगर्न तथा जोखिमयुक्त सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.