बुधबार, श्रावण २७,२०८३ 09:29:31
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:29:31
Bizshala
Global IME Bank Limited

पश्चिमी प्रणाली सक्रिय, काठमाडौंसहित देशभर बदली र वर्षा सम्भावना

Prabhu Bank Limited
पश्चिमी प्रणाली सक्रिय, काठमाडौंसहित देशभर बदली र वर्षा सम्भावना
New Office

काठमाण्डौं । देशभर आज पनि मौसमको अवस्था अस्थिर रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

विभागका अनुसार आकाश अधिकांश समय बदली रहनेछ भने विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा पर्ने सम्भावना उच्च रहेको छ ।

दिउँसो हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि घना बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।  

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै चट्याङ पर्न सक्ने तथा उच्च हिमाली भेगमा हिमपातसमेत हुन सक्ने विभागले जनाएको छ ।

तराईका केही स्थानमा हल्का वर्षा र मेघगर्जन हुने सम्भावना छ । 

काठमाडौं उपत्यकामा पनि दिउँसो हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।  

दिनभर आकाश कहिले खुल्ने र कहिले बादल लाग्ने क्रम जारी रहनेछ ।

रातिको समयमा कोशी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिकको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले देशभर मौसममा निरन्तर अस्थिरता देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.