शुक्रबार, आश्विन २,२०८३ 01:15:26
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 01:15:26
Bizshala
Global IME Bank Limited

बजेट निर्माणका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन

बजेट निर्माणका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन
New Office

काठमाण्डौ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।

सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, प्राथमिकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी, उत्तरदायी तथा जनमुखी बनाउने लक्ष्यसहित उक्त डिजिटल प्लेटफर्म सुरु गरिएको जनाएको छ।

Shivam Cement
Bizshala
CG Motors

यस पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, अनुसन्धानकर्ता तथा नीतिनिर्माताले बजेट निर्माण, विकास प्राथमिकता, सार्वजनिक सेवा प्रवाह तथा सुशासनसँग सम्बन्धित आफ्ना राय–सुझाव सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार नीतिनिर्माण प्रक्रियालाई केवल प्रशासनिक घेराभित्र सीमित नराखी आमजनताको भावना, अनुभव र विज्ञतालाई समेट्ने प्रधानमन्त्रीको अवधारणाअनुरूप यो पहल अघि बढाइएको हो।

दाहालले नागरिक र राज्यबीचको दूरी घटाउँदै सुशासनको नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यले पोर्टल सञ्चालनमा ल्याइएको बताउँदै प्राप्त सुझावलाई सम्बन्धित प्रशासनिक तथा नीतिगत तहमा गम्भीरतापूर्वक समीक्षा गरी कार्यान्वयनतर्फ लैजाने स्पष्ट पारिन्।

Muktinath Bikas Bank Limited

पोर्टलमा ‘सुझाव ट्र्याक’ गर्ने विशेष सुविधा समेत समावेश गरिएको छ। यसमार्फत नागरिकले आफूले पेस गरेको सुझावको अवस्था तथा त्यसमा सरकारले चालेको प्रक्रियाबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

सरकारले यो डिजिटल पहलमा सक्रिय सहभागिता जनाई ‘समृद्ध नेपाल’ निर्माण अभियानमा रचनात्मक योगदान गर्न सम्पूर्ण नेपाली नागरिकलाई आग्रह गरेको छ।

नागरिकहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट मार्फत सुझाव पोर्टल प्रयोग गरी आफ्ना राय–सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्‍याउन सक्नेछन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.