आईतवार, असार १४,२०८३ 10:42:47
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:42:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्धन उत्थान लघुवित्तको मुनाफा ६७.७५% ले घट्यो, इपीएस जम्मा ७.५४ रुपैयाँ

Laxmi Sunrise Bank Limited
निर्धन उत्थान लघुवित्तको मुनाफा ६७.७५% ले घट्यो, इपीएस जम्मा ७.५४ रुपैयाँ

काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १५ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ ।  

संस्थाले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६७.७५ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म संस्थाले ४८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

संस्थाको खराब कर्जा अनुपात बढ्दा र प्रोभिजनको भार थपिएर नाफा घट्न पुगेको हो । सो अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ८.०९ प्रतिशतबाट बढेर १३.९९ प्रतिशत पुगेको छ ।  

खराब कर्जा अनुपात बढ्दै गएपछि संस्थाले तेस्रो त्रैमाससम्म ५३ करोड ८० लाख रुपैयाँ प्रोभिजनमा छुट्याउनु परेको देखिएको छ । गत आवको सोही अवधिसम्म संस्थाले जम्मा ४१ करोड ७९ लाख रुपैयाँ मात्रै प्रोभिजनको लागि छुट्याएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (इपीएस) २४.५३ रुपैयाँबाट घटेर ७.५४ रुपैयाँ कायम भएको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ २१४.४३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ९२.१९ गुणा र तरलता अनुपात ७.८१ प्रतिशत रहेको छ ।  

संस्थाले तेस्रो त्रैमाससम्म वितरणयोग्य मुनाफामा १६ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ । यसर्थमा संस्थाको सो अवधिसम्मको लाभांश क्षमता ८.०५ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.