सोमबार, बैशाख २८,२०८३ 06:44:13
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 06:44:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई सरकारले प्राथमिकता दिने

Bizshala
काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई सरकारले प्राथमिकता दिने
Shivam Cement

काठमाण्डौं । सरकारले अन्तरदेशीय यातायात सञ्जाल विस्तार गर्ने लक्ष्यसहित काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल रेलमार्गलाई उच्च प्राथमिकतामा राख्ने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी रणनीतिक रेलमार्ग परियोजनालाई अघि बढाइने बताएका हुन् ।

 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सरकारका अनुसार नेपाललाई छिमेकी मुलुक चीन र भारतसँग थप मजबुत रूपमा जोड्ने उद्देश्यले यी रेलमार्गलाई दीर्घकालीन पूर्वाधार योजनाका रूपमा अघि सारिएको हो ।  

यसले व्यापार, पर्यटन र आपूर्ति सञ्जाललाई विस्तार गर्दै आर्थिक कनेक्टिभिटी मजबुत बनाउने अपेक्षा गरिएको छ ।

हाल काठमाडौँ–केरुङ र काठमाडौँ–रक्सौल दुवै रेलमार्ग प्रारम्भिक अध्ययन चरणमा रहेका छन् । 

CG Motors
Garima Development Bank
IME remit

सरकारले अध्ययन कार्यलाई तीव्रता दिँदै प्राविधिक, आर्थिक तथा वातावरणीय पक्षको मूल्यांकनका आधारमा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने योजना बनाएको छ ।

नीति तथा कार्यक्रममा परियोजनाको लगानी मोडालिटी पनि तय गरिने उल्लेख छ ।  

सार्वजनिक–निजी साझेदारी(PPP),  वैदेशिक लगानी तथा बहुपक्षीय वित्तीय सहयोगलगायत विकल्पहरू अध्ययन गरी उपयुक्त ढाँचा अपनाइने सरकारको तयारी छ ।

सरकारले यी रेलमार्ग सञ्चालनमा आएपछि नेपालको पारवहन लागत घट्ने, अन्तर्राष्ट्रिय व्यापार सहज हुने र दीर्घकालीन आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.