सोमबार, बैशाख २८,२०८३ 05:37:46
Bizshala
  • सोमबार, बैशाख २८,२०८३ 05:37:46

नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

बिजशालाको लाइभमा स्वागत छ । संघीय संसद्को अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक जारी छ । आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । हरेक मुख्य अपडेट हामी पल–पलमा दिइरहनेछौं ।

Live Update 1 मिनेट अगाडी

बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकिने, रकम सोझै किसानको बैंक खातामा

बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकिने, रकम सोझै किसानको बैंक खातामा

काठमाण्डौ । सरकारले बाली लगाउनुअघि नै प्रमुख कृषि बालीको न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताएको छ। आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

समर्थन मूल्यको कार्यान्वयन तथा भुक्तानी प्रणालीलाई डिजिटल बनाउँदै रकम सीधै किसानको बैंक खातामा जम्मा हुने व्यवस्था मिलाइने उनले बताए। न्यूनतम समर्थन मूल्यमा कृषि उपज खरिद गर्ने निजी कम्पनी तथा सहकारीलाई सहुलियत प्रदान गरिनेछ।

Live Update 7 मिनेट अगाडी

‘डिजिटलदेखि देवभूमिसम्म, ३० हजार मेगावाटदेखि टेक हबसम्म’: सरकारको नीति कार्यक्रममा के-के छन् ठूला घोषणा ?

‘डिजिटलदेखि देवभूमिसम्म, ३० हजार मेगावाटदेखि टेक हबसम्म’: सरकारको नीति कार्यक्रममा के-के छन् ठूला घोषणा ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमार्फत आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममा आर्थिक सुधार, डिजिटल अर्थतन्त्र, ऊर्जा, सूचना प्रविधि, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई केन्द्रमा राख्दै ‘नयाँ चरणको आर्थिक सुधार’ सुरु गर्ने घोषणा गरिएको छ ।

सरकारले आगामी दशकमा नेपाललाई मध्यम आययुक्त राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्य राख्दै औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

Live Update 10 मिनेट अगाडी

३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत

३० हजार मेगावाटको सरकारी लक्ष्यले ‘हाइड्रो सेयर’मा नयाँ आशा, ऊर्जा क्षेत्रमा ठूलो विस्तारको संकेत

काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेसँगै ऊर्जा क्षेत्र र विशेषगरी सेयर बजारमा सूचीकृत जलविद्युत् कम्पनीहरूका लागि नयाँ उत्साह पैदा हुने संकेत देखिएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सरकारले ऊर्जा उत्पादन, लगानी, व्यापार र पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राख्दै निजी क्षेत्रको भूमिकालाई थप मजबुत बनाउने घोषणा गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३० हजार मेगावाट उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन, वातावरणसम्बन्धी कानुन परिमार्जन तथा ‘एकद्वार प्रणाली’ लागू गरिने बताएका छन् । यसलाई ऊर्जा परियोजनामा लामो समयदेखि देखिँदै आएको स्वीकृति ढिलाइ, प्रशासनिक जटिलता र लगानी अवरोध हटाउने प्रयासका रूपमा हेरिएको छ।

Live Update 15 मिनेट अगाडी

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने

काठमाण्डौं । सरकारले सीमा सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सीमा नाकामा अनुहार पहिचान (Face Recognition) प्रणाली लागू गर्ने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमा व्यवस्थापनलाई आधुनिक र एकीकृत प्रणालीमा लैजाने योजना सार्वजनिक गरेका हुन् ।

Live Update 20 मिनेट अगाडी

कर्मचारी दलको सदस्य भए भविष्यमा समेत अयोग्य हुने गरी बर्खास्त हुने, निजामति प्रशासन सुधारमा सरकारको क्रान्तिकारी उद्घोष

कर्मचारी दलको सदस्य भए भविष्यमा समेत अयोग्य हुने गरी बर्खास्त हुने, निजामति प्रशासन सुधारमा सरकारको क्रान्तिकारी उद्घोष

काठमाण्डौ । सरकारले निजामती प्रशासनलाई पूर्ण रूपमा ‘राजनीतिमुक्त’ बनाउने संकेत गर्दै राजनीतिक दलको सदस्यता लिने कर्मचारीमाथि कडा कारबाही गर्ने नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले राजनीतिक दलसँग आबद्ध निजामती कर्मचारीलाई भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त गर्न सकिने व्यवस्था ल्याउने संकेत दिएको हो।

Loading more updates...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.