काठमाण्डौ । सरकारले ‘भिजिट नेपाल २०८५’ मनाउने घोषणा गरेको छ । आज संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले यस्तो बताएका हुन् ।
राष्ट्रपति डौडेलले आगामी आर्थिक वर्षलाई त्यसको पूर्वतयारीका रूपमा काम गरिने बताए । यस्तै नागरिक उड्डयन क्षेत्रको संरचनात्मक सुधार गरिने र पर्यटक भिसा पूर्णरूपमा अनलाइन बनाइने बताए ।

