बिहीबार, कार्तिक ५,२०८३ 12:33:50
  • बिहीबार, कार्तिक ५,२०८३ 12:33:50
Global IME Bank Limited

सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने

Bizshala
सीमा नाकामा अनुहार पहिचान प्रणाली लागू गरिने
New Office

काठमाण्डौं । सरकारले सीमा सुरक्षा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित सीमा नाकामा अनुहार पहिचान (Face Recognition) प्रणाली लागू गर्ने घोषणा गरेको छ ।  

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सीमा व्यवस्थापनलाई आधुनिक र एकीकृत प्रणालीमा लैजाने योजना सार्वजनिक गरेका हुन् ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सरकारका अनुसार सीमा नाकामा आवागमनलाई थप व्यवस्थित, सुरक्षित र निगरानीयोग्य बनाउन ‘एकीकृत सीमा व्यवस्थापन सूचना प्रणाली’ स्थापना गरिनेछ ।  

यस प्रणालीमार्फत यात्रु तथा सवारी साधनको डिजिटल विवरण संकलन, पहिचान र अनुगमन सहज हुने अपेक्षा गरिएको छ ।

नीति तथा कार्यक्रममा सीमा क्षेत्रमा स्वचालित निगरानी पूर्वाधार विस्तार गर्ने योजना पनि समावेश गरिएको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसअन्तर्गत संवेदनशील नाकाहरूमा ड्रोन प्रविधि, नाइट भिजन क्यामेरा तथा अन्य उन्नत निगरानी उपकरणको प्रयोग गरी अवैध आवागमन, तस्करी र अन्य गैरकानूनी गतिविधि नियन्त्रण गरिने सरकारको भनाइ छ ।

सरकारले यस प्रविधि प्रयोगबाट सीमा सुरक्षालाई मजबुत बनाउने, अपराध नियन्त्रणलाई प्रभावकारी गर्ने र आवागमन व्यवस्थापनलाई डिजिटल तथा पारदर्शी बनाउने लक्ष्य लिएको छ ।

 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.