मंगलवार, बैशाख २९,२०८३ 06:10:19
Bizshala
  • मंगलवार, बैशाख २९,२०८३ 06:10:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उत्तर कोरियामा बढ्दै निजी कारको चाप, सुनसान सडकमा हुन थाल्यो ट्राफिक जाम

Bizshala
उत्तर कोरियामा बढ्दै निजी कारको चाप,  सुनसान सडकमा हुन थाल्यो ट्राफिक जाम
Shivam Cement

काठमाण्डौ । उत्तर कोरियाको राजधानी प्योङयाङमा निजी सवारीसाधनको संख्या तीव्र रूपमा बढ्न थालेपछि ट्राफिक जाम र पार्किङ अभावजस्ता समस्या देखिन थालेका छन्। लामो समयसम्म सुनसान सडकका लागि परिचित प्योङयाङ अहिले क्रमशः ‘कार संस्कृतितर्फ’ अघि बढिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

हालै सार्वजनिक गरिएको रिपोर्टअनुसार प्योङयाङका होटल, बजार क्षेत्र तथा मनोरञ्जन केन्द्र आसपासका पार्किङ स्थलहरू सवारीले भरिन थालेका छन्। केही स्थानमा सवारी पार्किङका लागि छुट्टै शुल्कसमेत लिन थालिएको छ। उपग्रह तस्बिरहरूले पनि पछिल्ला दुई वर्षमा राजधानीमा सवारी चाप उल्लेखनीय रूपमा बढेको देखाएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

विशेषगरी निजी स्वामित्वका सवारीलाई जनाउने पहेँलो नम्बर प्लेट भएका गाडीहरू प्योङयाङमा बढ्दो रूपमा देखिन थालेका छन्। विश्लेषकहरूका अनुसार यो परिवर्तन उत्तर कोरियामा उदाउँदै गएको सम्पन्न वर्ग तथा ‘डोन्जु’ भनिने उद्यमी समूहको आर्थिक प्रभावसँग सम्बन्धित छ।

रिपोर्टमा उल्लेख भएअनुसार उत्तर कोरियाले पछिल्ला वर्षहरूमा निजी कार स्वामित्वलाई कानुनी रूप दिन थालेको छ। अब लाइसेन्स प्राप्त नागरिकले राज्यबाट प्रमाणित डिलरमार्फत एक परिवारले एकवटा सवारी खरिद गर्न सक्ने व्यवस्था लागू गरिएको छ।

संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका कारण उत्तर कोरियामा सिधै सवारी निर्यात गर्न प्रतिबन्ध भए पनि चीनबाट टायर, लुब्रिकेन्ट, साइड मिररलगायत अटोमोबाइलसम्बन्धी सामग्रीको निर्यात उल्लेखनीय रूपमा बढेको चिनियाँ भन्सार तथ्यांकले देखाएको छ। सडकमा चिनियाँ कम्पनीका चाङआन, चेरी र जिलीजस्ता ब्रान्डका गाडीहरू बढी देखिन थालेका छन्।

CG Motors
Garima Development Bank
IME remit

विश्लेषकहरूका अनुसार उत्तर कोरियामा बढ्दो सवारी संस्कृतिले चीनमाथिको आर्थिक निर्भरता अझ गहिरो बनाउने संकेत गरेको छ। यद्यपि, निजी कार अझै पनि राजधानी केन्द्रित धनी तथा प्रभावशाली वर्गको पहुँचमा मात्र सीमित रहेको बताइएको छ।

यसबीच, विद्युत् सवारीसाधनका लागि चार्जिङ स्टेशनसमेत विस्तार हुन थालेको र राजधानीमा पहिलो पटक वास्तविक ट्राफिक जाम अनुभव गरिएको विदेशी आगन्तुकहरूले बताएका छन्।

उत्तर कोरियाको सडकमा देखिएको यो परिवर्तनलाई त्यहाँको बन्द अर्थतन्त्रभित्र क्रमशः बढ्दै गएको उपभोक्तामुखी गतिविधिको संकेतका रूपमा हेरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.