शुक्रबार, असार १२,२०८३ 01:43:46
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:43:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सी जिनफिङलाई भेटेपछि ट्रम्पले भने, ‘तपाई एक महान नेता’

Laxmi Sunrise Bank Limited
सी जिनफिङलाई भेटेपछि ट्रम्पले भने, ‘तपाई एक महान नेता’

काठमाण्डौ । चीन पुगेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनफिङसँगको भेटलाई सम्मानको विषय भएको बताएका छन्। यस्तै चिनियाँ राष्ट्रपतिले पनि दुवै देश प्रतिस्पर्धि नभई साझेदार बन्नु पर्ने बताए ।

ट्रम्पले आफ्नो सम्बोधनमा विगतमा दुई देशबीच उत्पन्न भएका कठिनाइहरू संवादमार्फत समाधान गरिएको उल्लेख गर्दै राष्ट्रपति सीसँगको व्यक्तिगत सम्बन्ध राम्रो रहेको बताए। उनले ‘समस्या आउँदा हामीले सिधै संवाद गरेर छिट्टै समाधान निकाल्यौं’ भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गरे।

New Office
CG Motors
Garima Development Bank

उनले आफू यस भ्रमणमा विश्वका उत्कृष्ट व्यवसायिक नेतृत्वलाई साथमा लिएर आएको उल्लेख गर्दै चीनप्रति अमेरिकी व्यवसायिक समुदायको चासो र सम्मान पनि प्रस्तुत गरे। ट्रम्पले सी जिनपिङलाई महान नेताको संज्ञा दिँदै उनीसँगको मित्रतालाई पनि सम्मानको विषय भएको बताए।

यता राष्ट्रपति सी जिनपिङले आफ्नो सम्बोधनमा अमेरिका र चीन प्रतिस्पर्धी नभई साझेदार बन्नुपर्ने धारणा राखे। उनले दुवै देशले एकअर्काको समृद्धि र सफलतामा सहकार्य गर्नुपर्नेमा जोड दिँदै नयाँ युगअनुसार महाशक्तिबीचको सम्बन्धको सही मोडेल विकास गर्नुपर्ने बताए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सीले सन् २०२६ लाई अमेरिका–चीन सम्बन्धको नयाँ अध्याय सुरु हुने ऐतिहासिक वर्ष बनाउने लक्ष्यसहित ट्रम्पसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे। साथै उनले अमेरिकाको स्वतन्त्रताको २५०औँ वर्षगाँठका अवसरमा अमेरिकी जनता र ट्रम्पलाई बधाईसमेत दिएका छन्।

सम्बोधनका क्रममा सी जिनपिङले वर्तमान विश्व परिस्थिति तीव्र परिवर्तन र अस्थिरताको चरणमा रहेको उल्लेख गर्दै दुई देशले विश्व स्थायित्वका लागि संयुक्त रूपमा भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याए। 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.