बिहीबार, बैशाख ३१,२०८३ 06:12:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:12:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा

Laxmi Sunrise Bank Limited
क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ गर्नेलाई जिम्मेवारी तुरुन्त हटाइन्छ : सभापति थापा
Shivam Cement

काठमाण्डौं । कांग्रेस सभापति गगनकुमार थापाले पार्टी संगठनलाई प्रभावकारी र निरन्तर चलायमान बनाउन क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा ढिलाइ वा असहयोग गर्ने पदाधिकारीलाई हटाउने नभई तत्कालै विकल्प व्यक्ति तोकेर जिम्मेवारी अघि बढाइने स्पष्ट पारेका छन्।  

उनका अनुसार संगठनात्मक काम कुनै पनि कारणले रोक्न नहुने भएकाले जिम्मेवारी हस्तान्तरणलाई व्यवहारिक समाधानका रूपमा अपनाइनेछ।

Bizshala
New Office
CG Motors

बिहीबार पोखरामा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ मा बोल्दै सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक कार्य पार्टी विधानले अनिवार्य गरेको नियमित प्रक्रिया भएको बताए।  

उनले यो अभियान केवल प्रशासनिक अभ्यास नभई संगठन सुदृढीकरण र आन्तरिक लोकतन्त्र मजबुत बनाउने महत्वपूर्ण आधार भएको धारणा राखे।

उनका अनुसार यदि कुनै पदाधिकारीले जिम्मेवारी पूरा गर्न अस्वीकार गरेमा प्रक्रिया रोकिँदैन, बरु तुरुन्तै अर्को सक्षम व्यक्तिलाई जिम्मा दिइनेछ।  

उनले भने, “कसैले म यो काम गर्दिनँ भन्नुभयो भने धन्यवाद दिएर अर्को साथीलाई जिम्मा दिइन्छ।  

पार्टी कसैको कारणले रोकिँदैन।” सभापति थापाले यसलाई दण्डात्मक नभई कार्यसम्पादन केन्द्रित प्रणालीका रूपमा व्याख्या गरे।

 

Garima Development Bank
Shivam Cement
IME remit

सभापति थापाले वडा तहदेखि केन्द्रीय तहसम्म सबै नेताहरूलाई प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै संगठनात्मक अनुशासन र कार्यक्षमता बढाउन यस्तो अभ्यास आवश्यक रहेको बताए। 

उनले सदस्यता अद्यावधिकलाई पार्टीको भविष्यसँग जोडिएको महत्वपूर्ण चरणका रूपमा चित्रण गरे।

यसैबीच, क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समयावधि एक महिना थप गरिने पनि उनले जानकारी दिए।

यसअघि सभापति थापा नेतृत्वको पार्टीले १ वैशाखदेखि मसान्तसम्म उक्त प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो।  

अब थपिएको समयले प्रक्रिया अझ प्रभावकारी र पूर्ण हुने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.