रास्वपाको पहिलो महाधिवेशनमा कांग्रेस सभापति थापा सहभागी हुने, उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिने
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने भएका छन्।रास्वपाले आयोजना गरेको महाधिवेशनको उद्घाटन समारोहमा थापाले शुभकामना मन्तव्यसमेत दिने कार्यक्रम रहेको छ।

