शनिबार, जेष्ठ ९,२०८३ 08:00:36
Bizshala
  • शनिबार, जेष्ठ ९,२०८३ 08:00:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी

Laxmi Sunrise Bank Limited
“सत्य बाहिर आउनैपर्छ” — भदौ २४ घटनाबारे कांग्रेस सभापति थापाको कडा टिप्पणी
Shivam Cement

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएका घटनाबारे निष्पक्ष र पारदर्शी छानबिन अघि नबढाइएको भन्दै सरकारप्रति प्रश्न उठाएका छन् ।  

उनले राज्यले घटनाको गम्भीरतालाई पर्याप्त रूपमा सम्बोधन नगरेको टिप्पणी गर्दै तत्काल सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

Bizshala
New Office
CG Motors

शनिबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भदौ २३ गतेका घटनामा राज्य संयन्त्रको कमजोरी स्वीकार गरिएको भएपनि भदौ २४ गते भएका आगजनी, तोडफोड र हिंसात्मक घटनामा सरकारको भूमिका र अनुसन्धान प्रक्रिया अस्पष्ट रहेको बताए ।  

उनका अनुसार कोइराला निवास, चाक्सीबारी, सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म भएका क्षतिबारे प्रभावकारी छानबिन हुन नसकेको देखिन्छ ।

थापाले सो घटनामा नागरिक, युवा तथा सुरक्षाकर्मीसमेतको ज्यान गएको उल्लेख गर्दै यति संवेदनशील विषयमा पनि राज्यले आवश्यक गम्भीरता नदेखाएको आरोप लगाए ।  

उनले सरकार गठनका बेला भदौ २४ गतेका घटनाबारे न्यायिक आयोग गठन गर्ने प्रतिबद्धता व्यक्त गरिएको भए पनि त्यसअनुसार कुनै ठोस पहल नभएको बताए ।

उनले भने, “भदौ २४ गते भएको घटनाको हिसाब–किताब अझै बाँकी छ, त्यस दिन वास्तवमा के भयो भन्ने सत्य बाहिर आउनैपर्छ।”

Garima Development Bank
Shivam Cement
IME remit

थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको विषयलाई पनि उठाउँदै सरकारमाथि पारदर्शिताको अभाव रहेको आशंका व्यक्त गरे ।  

यदि प्रतिवेदन लुकाइएको नभए तत्काल सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ ।

यता, सरकार पक्षबाट भने घटनाबारे प्रारम्भिक छानबिन र तथ्य संकलनको काम भइरहेको दाबी गरिँदै आएको छ ।

केही अधिकारीहरूले संवेदनशील विषय भएकाले सबै विवरण एकैपटक सार्वजनिक गर्न समय लाग्ने बताएका छन् ।

थापाले संविधानअनुसार सरकार पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै प्रतिपक्षका सरोकारलाई बेवास्ता गर्न नहुने चेतावनीसमेत दिएका छन् ।

उनले लोकतान्त्रिक अभ्यास बलियो बनाउन निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गरे ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.