आईतवार, असार १४,२०८३ 04:42:50
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:42:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे हिरासतमुक्त

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डे हिरासतमुक्त

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत -सीईओ) ज्योतिप्रकाश पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश सारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले वरिष्ठ अधिवक्तामध्ये कुनै एकजनाको रोहवरमा पाण्डेलाई हाजिरी जमानीमा छाडेर अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

New Office
CG Motors
Garima Development Bank

अदालतले पाण्डेलाई आवश्यक परे विदेश जानुअघि अदालतको अनुमति लिनुपर्ने व्यवस्था समेत गर्न आदेश दिएको छ । हिरासतमा राखेरै अनुसन्धान गर्नुपर्ने पर्याप्त आधार नदेखिएको ठहर गर्दै सर्वोच्चले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेको हो ।

यसअघि पाण्डेकी पत्नी निरु दाहालले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

Central Investigation Bureau (सीआईबी) ले स्मार्ट टेलिकमको सम्पत्ति लिलाम बिक्री प्रक्रियासँग सम्बन्धित मुद्दामा आपराधिक विश्वासघातलगायतका आरोपमा पाण्डेलाई पक्राउ गरेको थियो ।

पाण्डेको पक्राउपछि बैंक तथा वित्तीय क्षेत्रका विभिन्न संघ–संगठनहरूले घटनाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरिएको आरोप लगाएका थिए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.