शुक्रबार, श्रावण २२,२०८३ 08:14:11
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 08:14:11
Bizshala
Global IME Bank Limited

भुजुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

भुजुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । भुजुङ हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । जेठ ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो साधारण सभा डाकेको हो ।

उक्त सभा यही जेठ २७ गते काठमाण्डौको भाटभटेनी(बालुवाटार रोड)मा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

उक्त सभामा कम्पनीको प्रबन्धपत्रको दफा ६ र नियमावलीको नियम २७,२८ र २९ मा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कम्पनी सचिव र आमन्त्रित विज्ञ सदस्यहरुको बैठक भत्ता र सञ्चालक समितिको दैनिक भम्रण भत्ता रकममा थप गर्ने र उल्लेखित प्रस्तावहरुमा कुनै संशोधन वा परिमार्जन गर्नुपरेमा सञ्चालक समितिको निर्देशनबमोजिम कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा सोही अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ । सभामा ५ जना संस्थापक सेयरधनी र १ जना सर्वसाधारण सेयरधनी गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ती अनुमोदन गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.