शुक्रबार, श्रावण १,२०८३ 01:31:57
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 01:31:57
Bizshala
Global IME Bank Limited

एआईले १८ महिनाभित्र सबैको जागिर खोस्ने माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी

एआईले १८ महिनाभित्र सबैको जागिर खोस्ने माइक्रोसफ्टका एआई प्रमुखको चेतावनी
New Office

काठमाण्डौ । एक समय एमबीए वा कानूनको पढाइलाई राम्रो कमाइको ग्यारेन्टी मानिन्थ्यो। तर आजको सबैभन्दा ठूलो प्रश्न के बनेको छ भने, जब कम्प्युटरमा हुने अधिकांश काम रोबोट वा एआईले गर्न थाल्छ, तब यी विषय पढेका मानिसहरूको भविष्य के हुनेछ ? यस विषयमा माइक्रोसफ्टका एआई प्रमुख मुस्तफा सुलेमानले यस्तो कुरा बताएका छन् जसले धेरैको चिन्ता बढाइदिएको छ।

उनको दाबी अनुसार, आगामी १८ महिनाभित्र अफिसमा काम गर्ने तरिका पूर्ण रूपमा बदलिनेछ। उनका अनुसार अकाउन्टिङ, कानून, मार्केटिङ र म्यानेजमेन्टजस्ता क्षेत्रमा कम्प्युटरमा हुने अधिकांश काम एआईले मानिसभन्दा अझ राम्रोसँग गर्न थाल्नेछ। केवल डेढ वर्षमै एआईले धेरैको जागिर खोस्न सक्ने उनले चेतावनी दिएका छन्।

सुलेमानका अनुसार, निकट भविष्यमा एआईले सामान्य मानव कोडरभन्दा धेरै राम्रो कोडिङ गर्न सक्नेछ। एआईको यही तीव्र गतिलाई देखेर श्याम अल्टम्यानसमेत आश्चर्यचकित र चिन्तित छन्। उल्लेखनीय कुरा के भने, सुलेमान अहिले माइक्रोसफ्टका लागि यस्तो सुपर–स्मार्ट एआई बनाउन लागिपरेका छन्, जसले अन्य कम्पनीमा निर्भर रहनु नपरोस्।

उनका अनुसार, भविष्यमा एआई बनाउनु आजको समयमा गीत वा ब्लग लेख्न जत्तिकै सजिलो हुनेछ। यस्तै आगामी १८ महिनाभित्र एआईको प्रभाव लगभग सबै क्षेत्रमा फैलिनेछ, अर्थात् यसले धेरैजसो काम गर्न सक्नेछ। यसको असरस्वरूप ठूलो संख्यामा मानिसहरूको जागिर गुम्न सक्ने सम्भावना छ।

के साँच्चै मानिसहरुले जागिर गुमाईरहेका छन् ?

टेक कम्पनीहरूले एआईबारे ठूला–ठूला दाबी गरिरहेका भए पनि, अहिलेको वास्तविक अवस्थामा त्यस्तो व्यापक असर देखिएको छैन। एक रिपोर्टका अनुसार, वकिल र सीएहरूले हाल एआईलाई केवल साना कामहरू जस्तै, फाइल जाँच गर्ने—का लागि मात्र प्रयोग गरिरहेका छन्। अहिलेको अवस्थामा एआई कसैको पूर्ण जागिर खोस्ने स्तरमा पुगेको छैन।

एक अनुसन्धानले देखाएको छ कि एआई प्रयोग गर्दा सफ्टवेयर डेभलपरहरूको काम २० प्रतिशतसम्म ढिलो भएको छ। विभिन्न रिपोर्टहरूका अनुसार, अहिले एआईबाट भइरहेको ठूलो आर्थिक फाइदा मुख्यतः केही ठूला टेक कम्पनीहरूमा मात्र सीमित छ र अन्य व्यवसायहरूमा यसको खास प्रभाव देखिएको छैन।

किन बढ्दैछ एआईको डर ?

हालसम्म एआईका कारण व्यापक रूपमा जागिर नगएको भए पनि, बजारमा यसको डर तीव्र रूपमा फैलिएको छ। रिपोर्टहरूका अनुसार, यस वर्ष मात्र करिब ४९ हजार मानिसहरूको जागिर प्रत्यक्ष रूपमा एआईको प्रभावका कारण गइसकेको छ।

यो डरको सबैभन्दा ठूलो प्रभाव सेयर बजारमा देखिएको छ । जसका कारण सफ्टवेयर कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ । टेक कम्पनीहरूले यस्ता एआई रोबोटहरू सार्वजनिक गरेपछि यो डर अझ बढेको छ । जसले अफिसका ठूला–ठूला कामहरू एक्लै सम्हाल्न सक्ने दाबी गरिएको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.