काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले सेयर अभौतिकिकरण गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
क्यापिटलले कम्पनीको गत पुस २१ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिसम्म सेयर अभौतिकिकरण गरेका सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको जानकारी समेत दिएको छ ।
उक्त मितिपश्चात सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको हकमा क्रमशः उक्त बोनस सेयर जम्मा गरिएको हुँद हालसम्म पनि सेयर अभौतिकिकरण नगराएका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गर्न आग्रह गरिएको छ ।

