बुधबार, श्रावण १३,२०८३ 10:06:51
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 10:06:51
Bizshala
Global IME Bank Limited

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटीलाई डोनर बेड हस्तान्तरण
New Office

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत मोरङ जिल्ला स्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी सञ्चालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरुको सहयोगको लागि  बैंकले उक्त डोनर बेड प्रदान गरेको हो ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरे । रेडक्रस सोसाइटीका सभापति मण्डलले बैंकप्रति धन्यवाद व्यक्त गर्दै यस सहयोगले रक्तदान कार्यक्रम सञ्चालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए । रक्त संकलन सेवा सञ्चालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।  बैंकले आगामी दिनहरूमा पनि यस्ता मानवीय तथा सामाजिक कार्यहरूलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.