सोमबार, भाद्र १,२०८३ 12:25:23
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 12:25:24
Bizshala
Global IME Bank Limited

स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर

Prabhu Bank Limited
स्नो रिभर्सको आईपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता सेयर
New Office

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत वैशाख २९ गतेदेखि जेठ गतेसम्मको म्याद राखि बिक्री प्रबन्धक सानिमा क्यापिटलमार्फत जारी गरेको आईपीओ आज बाँडफाँड गरेको हो ।

कम्पनीले सर्वसाधारणका लागि रु. १०० अंकित दरका ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ जारी गरेको थियो । उक्त आईपीओमा निर्धारित समयावधिसम्म कम्पनीले माग गरेभन्दा बढी कित्ता सेयरका लागि आवेदन परेकाले बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

CG Motors

कम्पनीको आईपीओमा मागभन्दा ३५.२९ गुणा बढी आवेदन परेको छ ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २६ लाख १ हजार ८४८ कित्ता आवेदकले २ करोड ७९ लाख ५९ हजार ८६० कित्ता सेयरका लागि खरिद आवेदन दिएका थिए । जसमध्ये २५ लाख ५७ हजार ८५५ जना आवेदकबाट २ करोड ७४ लाख ५७ हजार ६ सय कित्ता सेयर खरिदका लागि परेको आवेदन सदर भएको छ ।

सदर आवेदकमध्ये ७७ हजार ८१२ जना आवेदकलाई १० कित्ताका दरले ७ लाख ७८ हजार १२० कित्ता आईपीओ प्रदान गरिएको छ । बाँकी ५ कित्ता सेयर भने आईपीओ परेका ५ जनालाई थप १÷१ कित्ताका दरले प्रदान गरिएको छ ।

बाँकी आवेदकको हात भने रित्तो भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.